पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको शिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्व अध्यक्ष पनि अनुसन्धानको घेरामा परेका छन् । निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई घटनाको अनुसन्धानका क्रममा बोलाएको हो । ४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।…
474 total views, 1 views today
Read More