२०७७ साल बैशाख महिनामा संचालन गरिने कक्षा ११ र १२ को बार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुनका लागि रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६÷१०÷०७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हँुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोर्डका सम्बन्धित कार्यालयहरुले समेत यसै सूचना अनुसार गर्नु गराउनुहुन अनुरोध छ ।…
Read More