गृह मन्त्रालयमा कानुन बमोजिम काम गर्न मन्त्री भेट्नुपर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् ।शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन् । ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक  समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा लागेको उनले जानकारी दिएका छन् ।

मन्त्री लामिछानेले कामको तारिफ गर्न कन्जुस्याईं गरे पनि खबरदारी भने दिल खोलेर गर्न आग्रह गरेका छन् ।

 283 total views,  3 views today

Related posts

Leave a Comment